Sansar News- Online for Global Nepali

आज सोमबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिन

संसार न्यूज़
२ हप्ता पहिले
आज सोमबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिन

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिवश काम अधुरो रहला । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ । शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ । तर, मनमा दुविधा भने कायम रहनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व तथा मुद्दामा पनि विजयी भइनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । केही अलमल भए पनि नियमित काम सम्पादन हुनेछन् । नयाँ काममा भने लक्ष्यअनुसार अघि बढ्न केही बाधा पर्नेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
फाइदा हेर्दा नाम बिग्रन सक्छ । तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश समेत गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते 
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ । छिद्र खोतल्नेहरूबाट अलि सजग रहनुहोला ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको मेसो नमिल्दा केही पछि परिएला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । परिबन्धले काममा बाधा पुर्याउन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । तापनि लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ । बुद्धिको उपयोगले काम बन्न सक्छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । आफ्नै रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

२०७७ पुस २७ गते, सोमवार, (११ जनवरी २०२१) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

तपाईको आजको (आइतबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त फाइदा ?

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल ५ दिन पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु ७ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि १ हप्ता पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली ३ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…