Sansar News- Online for Global Nepali

विश्वमा नै विरलै विलक्षण क्षमताका राजा पृथ्वीनारायण शाह

भिम उपाध्याय, पूर्वसचिव नेपाल सरकार
१ महिना पहिले
विश्वमा नै विरलै विलक्षण क्षमताका राजा पृथ्वीनारायण शाह

भिम उपाध्याय, पूर्वसचिव नेपाल सरकार

हाम्रा बुढो दिमागका युवा नेताहरूले पृथ्वीनारायण शाह २० वर्ष उमेरमा नै राजा बनेका र त्यसको १ वर्ष पछि गोरखा राज्यलाई सुरक्षित राख्न नेपाल एकिकरणको महायात्रामा हिडेर ३२ वर्षसम्म अटूट अथक अभियान चलाएका हुन् भन्ने इतिहॉस कत्तिको संस्मरण गरेका होलान्रु २० वर्षमै आफै अघि लाग्दै सेनापतिको रोलमा तरबार भिरेर नेतृत्व गर्दै लडेका हुन् त उनी । अहिलेका जस्तो कमाण्डर, सेनापति, जरनलहरू घरभित्र बस्ने र सिपाहीलाई लड्न पठाउने सेनापति थिएनन् पृथ्वीनारायण। राजा भनेको आफै अघिलाग्ने महाभारतको जस्तै हुने गर्दथ्यो। आफै युद्धमैदानमा खटिएक सेनाको नेतृत्व गर्दै लडेका पो हुन् त ! यिनीसंग तुलना गर्न मिल्ने नेता एवं सेनापति सायद विश्वमा नै बिरलै होलान्। ३२ वर्ष राजा हुदा निरन्तर एकिकरणको लडाईको नेतृत्व गरिरहे। यसबीचमा उनका योगदानहरूको जानकारी राख्ने इतिहास पढ्ने अहिले कति नेपाली होलान्रु  ।

आजका दिनमा कमसे कम पृथ्वीनारायणको सम्झना गरेर देशलाई एकताबद्ध र सुरक्षित राख्न उनका दिव्य उपदेशहरुलाई सबै नेपालीले मनन गर्दै त्यसमा केन्द्रित हुने प्रयास गर्नु झन बढी खॉचो देखिन्छ।

त्यो बेलाको परिवेशमा राज्यहरूको परिस्थिति र अवस्था कि आफू विजयी होउ कि बिलिन भन्ने थियो। पृथ्वीनारायण शाह बीचबीचमा हारेका पनि थिए तर कहिल्यै आफ्नो लक्षबाट विचलित भएनन्। अन्ततस् अनेक प्रयासपछि विजयी भए र अरूहरू पराजीत भएर बिलिन भए। आफ्नो राज्य जोगाउन नसक्नेहरू विलिन भएता पनि पृथ्वीनारायण शाहले कसैलाई पनि तिमी पराजीत भएका हौ भन्ने दम्भ र हेपाई प्रदर्शन गरेनन् । पराजीत सबैलाई यथोचित जिम्मा र अधिकार दिदै आफ्नो समर्थक बनाउदै बढाउदै साथलिदै गए। नेतामा हुनुपर्ने यो उत्कृष्ठ गुण हो-पराजीतलाई सम्मानीत र जिम्मेवार बनाउदै लगेर मित्र बनाउदै जाने।

आज देशभर स्वस्फूर्तरूपमा पृथ्वीजयन्ती आयोजना हुँदै छ। पृथ्वी जयन्तीका अवसरमा राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गर्न अल्छि गर्न हुदैन। हामी बृहत नेपाल नेपाली हुन पाएका यिनै पायोनियर राजनेता पृथ्वीनारायणका कारणले हो। हामी सदा कृतज्ञ छौं किनभने कैयन ठूला बिशाल देशहरू पनि विलिन भए तर नेपाल आज सम्म अस्तित्वमा छ।

आज तपाई हाम्रो नजिक कतै कार्यक्रम छ भने सुरक्षित रहेर भेला उत्सव मनाऔँ, कृतज्ञता ब्यक्त गरौँ। जसले पुर्खाको सम्मान गर्न जानेको हुन्छ उसलाई मात्र भविष्यका सन्ततिले पूर्खा मानेर सम्मान गर्नेछ। कतै भेला हुन नसक्नेले सोसल मिडियामा आ–आफ्ना श्रद्धापूर्ण धारणा र पृथ्वी नारायण शाहका योगदान दिव्य उपदेश पोष्ट गरेर सम्मान अभिब्यक्त गरौँ।

आज साझ देशविदेशमा रहेका सबै नेपालीले घरघरमा ५ वटा तेलको दियो बालेर पितृ स्व पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेर पितृधर्म पूरा गरौँ।

पृथ्वीनारायणद्वारा दिइएको ‘दिव्योपदेश’ का अति महत्त्वपूर्ण र आर्थिक सामाजिक नैतिक न्यायिक पतन(को अवस्थामा पुगेको अवस्थामा अति सान्दर्भिक केही उपदेशहरू यस्ता छन् :
१) खानी भएको ठाउँमा गाउँ छ भने त्यसलाई अरू जग्गामा सारेर खानी चलाउनू।
२)गह्रो बन्ने जग्गामा घर भए पनि अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू ।
३) कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनू।
४) आफ्ना देशको जिनीस् जरिबुटि देस लैजानू र नगद षैचनू (खैचनू)। नगद षैचि राषनू र प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भण्डार भन्याका रैतानहरु हुन् ।
५) मेरा साना दुखले आर्ज्याको मुलुक होइन ।
६) यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो।
७) अन्याय मुलुकमा हुन नदिनू ।
८) नियानिसाप बिगार्न्या भन्याका घुस दिन्या र घुस षान्या हुन् । ईन दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, ई राजाका महासतुर (महाशत्रु) हुन् ।
९)अदालतमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू,
१०) मगर जाँची विचारी थाप्नू,
११) कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू ।
१२) अदालतको पैसा दरबारभित्र नहुल्नू ।
पथ्वीनारायण शाह, योगी नरहरिनाथ, भानुभक्त आचार्यलाई नेपालीले बिर्सन कसरी सक्छन् र१ यसमा केही आलोचनात्मक दृष्टिकोण राख्न सकिएला तर यिनीहरूका बिना आज नेपाल र नेपालीको अस्तित्व रहने थिएन।
उनीहरूकै कारण अहिले नेपाल छ र त अन्य देशहरूमा पनि नेपाली भनेर चिनिन पाएका छन्। नत्र के भनेर चिनिने थियौँ होला, कल्पना गरौँ त !

पृथ्विनारायण शाह २० वर्षमै राजा भए। ३२ वर्षसम्म राजा रहे। ५२ वर्ष उमेर पुग्दा निधन भयो। जिन्दगीनै लडाईमै बिताए। नेपाललाई बृहत बनाए। सबैलाई यथोचित अधिकार दिदै राज्य चलाए।
हार्दिक भावपूर्ण श्रद्धासुमन एवं नमन यी महान पितृ आत्माप्रति !

सर्बाधिक पढिएको

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ?

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ? ३ हप्ता पहिले | संसार न्यूज़

माघ १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले रामकुमारी…

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक १ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ३ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…