२७ पुस, काठमाडौं । जापानमा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।
मुस्ताङ थासाङ गाउँपालिका वडा नं ४ घर भइ हाल पोखरा निवासी सन्दिप तुलाचनको हृदयघातबाट मृत्यु भएको हो ।
थकाली सेवा समाज (थसेस) जापानका सदस्य समेत रहेका तुलाचन जापानको कावासाकीमा शहरमा बस्दै आएका थिए । आइतबार बिहान करिब ४ बजे अचेत अवस्थामा भेटिएका उनलाई अस्पतालले हृदयघातबाट मृत्यु भएको घोषणा गरेको हो ।
उनको मृत्युले जापानमा रहेका सम्पूर्ण थकाली समुदाय मर्माहत भएको भन्दै थसेसले दुःख व्यक्त गरेको छ ।
समाजले कोरोना महामारीले ल्याएको परिस्थितिका कारण उनको शब नेपाल ल्याउन सकिने अवस्था नभएको भन्दै जनवरी १८ तारिख सोमबार २ः३० मा जापानमै अन्तेष्टि गरिने बताएको छ ।