स्वर्गद्वार हिमालको शिखरमा कैयौँ थिए भिन्नता
शिक्षा संस्कृति देशप्रेम सबमा आप्नै थिए शुद्धता
भाषा भेषभुषा थिए मनुजका नानाथरीका अनि
गर्जेथ्यो पहिले हिमाल पनि ता यौटै बनोस् यो भनी । ।।१।।
हे राजन् जति भेष छन् मुलुकमा नाना कथा मोहित
तिम्रै कौशल राष्ट्रप्रेम बलले विरत्वले शोभित
भाँतीयुक्त अनेक ताँति जनमा बेमेलको खेलले
छिन्नै भो, चुँडिगो सकेन नि सब सन्त्रासका झेलले । ।।२।।
तिम्रै बुद्धि थियो आहा ! कति चपल् चानुर्यले रञ्जित
एकै राष्ट्र बनाउने मिलीजुली सामथ्र्यले सज्जित ।
तिम्ले मार्ग दियौ हिमाल गिरिमा खूँडा र भाला भिरी
मर्छन् वीर हजार बार जसरी सर्यास्त हुन्छन् गिरि । ।।३।।