२७ पुस, काठमाडौं । नायिका मनिषा कोइरालाल राष्ट्रिय एकता दिवसका अवसरमा सरकारको व्यवहार निन्दनीय रहेको बताएकी छन् ।
सरकार र राजनीतिक नेताहरुले सभा सम्मेलन गर्न पाउने तर आम जनताले राष्ट्र निर्माताप्रति एक भइ श्रद्धान्जलि दिन नपाउने भन्ने प्रश्न गर्दै भनेकी छन्– ‘आमव्यक्तिको भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ ।’
कोइरालाले सामाजिक संजालमा ट्विट गर्दै भनेकी छन्–मैले आशा गरेकि थिए कि जनताको राष्ट्रिय एकता प्रतिकों सामूहिक भावलाई सरकारले सम्मान गर्ने छ । तर, उस्को व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडी नै सरकारको यो आपत्तिजनक कार्यहरु, पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’
राष्ट्रीय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रधांजलि दीन नापाउने?
आमव्यक्ति को भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ।— Manisha Koirala (@mkoirala) January 11, 2021
मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ।तर उस्को व्यवहार ठीक उल्टो देखियो। पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य?
पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?— Manisha Koirala (@mkoirala) January 11, 2021