पुस २७, काठमाडौं । दक्षीण फिल्म स्टार यशको फिल्म केजीएफ–२ को टीजरले यूट्यूबमा धमाका मच्चाएको छ । आशातित फिल्म केजीएफको टीजरले रिलिजको ५ दिनमै १३ करोडभन्दा बढि भ्यूज बटुलेर धमाका मच्चाएको हो ।
फिल्मको टीजर रिलिजसँगै निरन्तर यूट्युबको ट्रेण्डिङ्गमा पनि परिरहेको छ । सोमबार दिउसोसम्म केजीएफको टीजरलाई १३ करोड २० लाख बढिले हेरिसकेका छन् ।
टीजरलाई झण्डै ७० लाखले लाईक पनि गरेका छन् ।
Taken the world by storm 💥#KGFChapter2Teaser:https://t.co/3xoDtHZ0be@VKiragandur @TheNameIsYash @prashanth_neel @hombalefilms @duttsanjay @TandonRaveena@SrinidhiShetty7 @prakashraaj @BasrurRavi @bhuvangowda84 @excelmovies @AAFilmsIndia @VaaraahiCC @PrithvirajProd pic.twitter.com/0FzfoWTMKN
— Hombale Films (@hombalefilms) January 10, 2021
यूट्यूबमा देखिएको धमाकाबाट उत्साहीत फिल्म निर्माता कम्पनीले सफलतालाई ‘तुफान’को संज्ञा दिएको छ । सोमबार होमबेल फिल्मसले एक ट्वीट गर्दै यस्तो बताएको हो ।
उसले ट्विटरमार्फत भनेको छ, ‘यसले संसारभर तुफान सिर्जना गर्यो ।’
यस्ताे छ केजीएफ–२ को टीजर