२७ पुस, काठमाडौं । टीम इण्डियाका कप्तान विराट कोहली र बलिवुड नायिका अनुष्का शर्मालाई पुत्री लाभ भएको छ ।
कप्तान कोहलीले आफूहरुलाई सुन्दर पुत्री लाभ भएको खबर सामाजिक संजालमार्फत् आफ्ना फ्यानहरुलाई सेयर गरेका छन् ।
मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अनुष्काले सोमबार दिउँसो छोरीलाई जन्म दिएकी हुन् । कप्तान कोहलीले आमा छोरी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको समेत बताएका छन् ।
Posted by Virat Kohli on Monday, January 11, 2021