२८ पुस, अमेरिका । अमेरिकामा कार दुर्घटनामा परेर नेपाली युवतीको मृत्यु भएको छ ।
टेक्सासको भएको उक्त दुर्घटनामा अनिता अधिकारी नामकी नेपाली युवतीको मृत्यु भएको र कार चालक विष्णु प्रसाद पौडेल घाईते भएको बताइएको छ ।
सान एन्जेलोदेखि ८ माइल उत्तर युएस हाइवे २७७ मा भएको उक्त दुर्घटनामा दुईजना घाईते भएका हुन् ।
विहिबार राति विपरित दिशाबाट आइरहेको अर्को कारले ठक्कर दिएपछि दुईवटा गाडी ठोक्किएर भएको आगलागी भएको थियो । अर्को गाडीमा सवार ४५ वर्षीय थाओ ली नामका पुरुष रहेका थिए । उनी पनि घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
DPS Confirms One Death in Fiery Crash https://t.co/1TdP2kxFfJ
— Arun Adhikari (@arun_adh) January 10, 2021
दुर्घटनामा नेपाली युवती अनिता अधिकारीको मृत्यु भएको भन्दै क्यालिफोर्निया निवासी रमेश शिलवालले दुःख व्यक्त गर्दै श्रद्धान्जलि व्यक्त गरेका छन् ।
आफ्नो अनी परिवारको कतिधेरै सपना हरु पुरा नहुदै अमेरिका को टेक्सस मा भएको कार एक्सिडेन्ट मा अनिता अधिकारी को असामयिक…
Posted by Ramesh Silawal on Sunday, January 10, 2021
सुकेधारा, काठमाडौंस्थित हाम्रो नियमित आवतजावत हुने प्लाटिनम फिजिकल फिटनेसमा काम गरेर केही वर्षदेखि अमेरिकामा बस्दै आएकी…
Posted by Bishwamani Subedi Bimasu on Monday, January 11, 2021