२८ पुस, काठमाडौं । नेपालमा आज देशैभरी ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३०० वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २५९ जनासहित देशैभरी ४३० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १७७ र २५३ जना पुरुष रहेका छन् ।
संक्रमित थपिनेमा प्रदेश १ मा १३ जना, प्रदेश २ मा ४ जना, बागमती प्रदेशमा २८७ जना, गण्डकी प्रदेशमा १६ जना, लुम्बिनी प्रदेशमा९४, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना रहेका छन् ।
आज थपिएका ४३० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ३९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३९० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । निको हुनेको यो दर ९७.६ प्रतिशत हो ।
त्यसैगरी आज देशैभरी ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९३२ पुगेको छ ।
२४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण, ५२७ निको, १० जनाको मृत्यु