२९ पुष, काठमाडौं । लोकसेवा आयोगले नेपाल सरकारको नायब सुब्बा (नासु) पदमा थुप्रै कर्मचारी माग गरेको छ ।
आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूतिका लागि ८ सय ४३ जना कर्मचारी भर्नाका लागि विज्ञापन विज्ञापन प्रकाशित गरिएको छ ।
लोक सेवा आयोगले नासु पदका लागि खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी बुधबार विज्ञापन प्रकाशित गरेको हो ।
सूचनामा विभिन्न कार्यालयबाट खुलाइएका कर्मचारीको संख्या पनि उल्लेख गरिएको छ ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत्आवेदन दिनुपर्नेछ ।