पुस २९, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्व परेको रिटको सुनुवाईका लागि गठित संवैधानिक इजलासलाई पुनर्गठन गरेका छन् । उनले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा सपना प्रधान मल्ललाई राखेका छन् ।
यसअघि रिटको सुनुवाईका लागि पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए । तर, कार्कीको उपस्थितिका बारेमा अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले इजलास छाड्ने घोषणा गरेका थिए ।
कार्की केपी शर्मा ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । जसका आधारमा अधिवक्ताहरुले प्रश्न उठाएका थिए ।
कार्कीको ठाउँमा इन्ट्री भएकी न्यायाधीश सपना मल्ल प्रधान संविधान सभा सदस्य हुन् । उनी तत्कालिन एमालेबाट समानुपातिक सभासद बनेकी थिइन् । मल्ल २०७३ सालमा सर्वोच्चको न्यायाधीशमा नियुक्ती भएकी थिइन् ।