२८ पुस काठमाडौं । पल्सर स्पोर्टस अवार्ड २०७६ को उत्कृष्ट पुरुष वर्ष खेलाडी करातेका मन्देकाजी श्रेष्ठ र महिला तर्फ पौडी खेलाडी गौरिका सिंह घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड समारोहमा विभिन्न दश विदामा खेलाडीहरुलाई सम्मानित गरिदै आएको छ ।
प्रत्येक वर्ष एनएसजेएफले वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथ्लेटिक अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस् र एसियन जर्नालिस्ट अफ द इयर अवार्ड प्रदान गर्दै आईरहेको छ ।
कोभिड १९ का कारण सेमि भर्चुयल रुपमा सातदोबाटोस्थित कराते हलमा आयोजित अवार्ड समरोहमा युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिती रहेको थियो ।
समारोहमा निम्न खेलाडीहरु सम्मानित भए,
उत्कृष्ट पुरुष वर्ष खेलाडी करातेका मन्देकाजी श्रेष्ठ, उत्कृष्ट महिला वर्ष खेलाडी पौडीका गौरिका सिंह, उत्कृष्ट युवा खेलाडी गल्फर सुबास तामाङ, वर्ष प्रशिक्षक तेक्वान्दोका नवीन कुमार श्रेष्ठ, लोकप्रिय खेलाडी भलिबल टिमकी कप्तान अरुणा शाही, महिला भलिबल टिम( टिम अफ दि इअर) , स्पेशल अवार्ड तेक्वान्दोका आयशा शाक्य र एथलेटिक्सकका सन्तोषी श्रेष्ठ, लाइफटाइम एचिभमेन्ट अवार्ड टेबलटेनिस खेलाडीद्वय गीता क्षेत्री र सिजरिन शाह, पारा सम्मान अवार्ड दिगमसिंह चेम्जोङ।
समरोहमा गायक नवीन के भट्टराई र मिलन नेवारले सांगितिक प्रस्तुती दिएका थिए भने सुमन कार्कीले कमेडी प्रस्तुत गरेका थिए ।