२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको लागि वागमती प्रदेशले टिमको घोषणा गरेको छ । वागमती प्रदेशले प्रतियोगिताको लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो ।
माघ २ गतेदेखि सुरु हुने प्रधानमन्त्री कपमा ज्ञानेन्द्र र पारसको नाम समेटिएको हो । गत वर्ष पनि दुवै खेलाडीले बागमती प्रदेश बाट सँगै खेलेका थिए । प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
बाग्मतीको टोलीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, पृथु बास्कोटा, इशान पाण्डे, आदील खान, आकाश थापा, बिभत्सु थापा, रामनरेश गिरि, नन्दन यादव, गौतम केसी, सुमित झा, अरियो पौडेल, सुबाश खत्री, रिजन ढकाल, विपिन आचार्य, पवनगोपाल श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, दिपेश श्रेष्ठ, तिलकराज भण्डारी, राजेश रिमाल, संघर्ष पौडेल, विशाल फुयाल, प्रतिक श्रेष्ठ, नविन यादव, तक्षक सिम्खडा रहेका छन् ।
२५ खेलाडीबाट अब अन्तिम १४ खेलाडी छनोटमा पर्ने छन् । बागमतीले पहिलो खेल माघ ४ गते पुलिसको विरुद्ध खेल्ने छ । प्रतियोगिता माघ २ देखि १७ सम्म टीयू मैदान र मुलपानी क्रिकेट मैदानमा संचालन हुने छ ।