२९ पुस, काठमाडौं । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले कम्पनीहरुमा विदेशी लगानी सम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागद्धारा जारी सूचनामा नेपाली फर्म, कम्पनी, उद्योग वा अन्य संस्थाले आफ्नै कम्पनीका विदेशी व्यक्तिगत लगानी कर्ताबाट विदेशी ऋण लिने सम्ब्न्धी २०७२ कात्तिक १८ को पुर्व निर्णयमा परिवमार्जन गरिएको जनाइएको छ ।
नेपाली कम्पनी वा उद्योगले आफ्नै कम्पनी वा उद्योगका विदेशी लगानीकर्ता बाट विदेशी मुद्रामा ऋण लिनुपर्दा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ बमोजिम प्रक्रिया पूरा गरेपछि सो स्वीकृति गर्ने निकायबाट स्वीकृति समेत लिनुपर्ने बताइएको छ । साथै दुईपक्षबीचको सम्झौता, प्रतिबद्धतापत्र, आवस्यकता पृष्टि हुने कागजात, ऋण लिने संस्थागत निर्णय, कर्जाको श्रोत, कर्जा ल्याउने र फिर्ता लैजाने समय तालिका लगायतका विषयमा प्रष्ट व्यवस्था गरेको छ ।