२९ पुष, काठमाडौँ । त्रिभुवन विश्व विद्यालयले आर्थिक प्रशासन महाशाखाले सम्बन्धन प्राप्त क्याम्पसहरुलाई अनलाइन फारम भर्ने सूचना जारी गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै विश्व विद्यालयसँग सम्बन्धन प्राप्त गरेका सम्पूर्ण क्याम्पसहरुले बुझाउनु पर्ने सेवा शुल्क लगायत अन्य शुल्कहरु यसअघि भौतिक रुपमा संकलन गर्दै आएकोमा माघ १५ गतेदेखि अनलाइन मार्फत गरिन लागेकोले फारम भर्नका लागि सूचना जारी गरिएको हो ।