२९ पुस, काठमाडौं । नेपालमा आज देशैभरी ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार १५४ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २४६ जनासहित देशैभरी ४४५ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १८४ र २६१ जना पुरुष रहेका छन् ।
संक्रमित थपिनेमा प्रदेश १ मा २२ जना, प्रदेश २ मा ३२ जना, बागमती प्रदेशमा २७५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा ६६, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।
आज थपिएका ४४५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ४१४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४१४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ । निको हुनेको यो दर ९७.६ प्रतिशत हो ।
त्यसैगरी आज देशैभरी ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका ५जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९३७ पुगेको छ ।
आज देशैभरी थपिए ४३० कोरोना संक्रमित, ३९० जना संक्रमणबाट मुक्त, ५ जनाको मृत्यु