२९ पुस, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले मुलुकमा विकास र समृद्धिको अभियान अघि बढिरहेका बेला कुनै विचार, राजनीति, योजना, विधि र मापदण्डका आधारमा नभई पद र प्रतिष्ठासँग जोडेर अनेक विवाद सिर्जना गरी सरकारलाई अप्ठेरामा पार्ने काम भएको बताए । उनले भने, “बेठीक किसिमबाट झगडा र अन्तरविरोध भयो । वैचारिक र देशलाई समृद्धि गर्ने विषयमा बहस भएन । अनि निर्वाचनको कदम चाल्नुप¥यो ।” त्यसैले,परिवर्तनका मुद्दा र उपलब्धि गुम्ने खतरा जोगाउन प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने निर्णय परेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा उनले आगामी चुनावबाट जसलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्छ, उनीहरु खुशी भएर नयाँ जनादेशमा जानुपर्नेमा किन अप्ठेरो मानिरहेका छनभनी प्रश्न गरेका थिए ।
मन्त्री रायमाझीले भने, “तीन वर्षसम्म सरकारमा बस्ने, अनि आफू हिँडेपछि प्रधानमन्त्रीलाई पनि ढालेर सडकमा पु¥याउने, ढुुङ्गामुढा र विरोध प्रदर्शन गर्ने सबैले त्यसो गर्ने भए यो देशको समृद्धि कहाँ जान्छ ? देश र प्रणाली कसले बचाउँछ ?” निर्वाचन घोषण भएको शुुरुआती दिनमा जनतामा केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुझेका र विस्तारै निर्वाचनका पक्षमा जनमतको लहर उर्लिरहेको उनले बताए ।
प्रतिपक्ष र नेकपाकै केही नेताले चुनावमा जान हिम्मत नराखेको बताउँदै उनले भने, “केही समयमै सत्य उजागर हुुनेछ, जनताले को देशको नायक हो भन्ने बुुझ्नेछन् ।’’ उहाँले नाकाबन्दी र भूकम्पका बेला राष्ट्रियताको अडान राखेर सुखी नेपाली समृद्ध नेपालको अभियानमा अघि बढेको विषय जनताले हेरेका बताए । रासस