पुस २९, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व सर्वोच्चमा परेको मुद्दामा बुधबार भएको बहस मुख्य विषय वस्तुमा नै प्रवेश नगरी सकिएको छ । मुद्दाको सुनुवाई पुनः आगामी शुक्रबारका लागि तय भएको छ ।
आजको बहस मुद्दालाई संवैधानिक इजलासमै बहस गर्ने कि पूर्णं इजलासमा बहस गर्ने भन्नेमा केन्द्रीत थियो । प्रतिनिधि सभा विघटनविरुद्व परेका १३ मध्ये १२ रिट निवेदकले बृहत पूर्णं इजलासमा यो मुद्दा लैजानुपर्ने माग गरेका थिए । जसमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले भने असहमती जनाएका छन् ।
रिटमाथि बहस गरिरहेका वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, दिनेश त्रिपाठी, चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, हरि उप्रेती र हरिहर दाहालले बहस पूर्णं इजलासमा हुनुपर्ने तक राखेका थिए । अधिवक्ताहरु बहस संवैधानिक मात्रै नभएको बताएका छन् ।
सरकार पक्षका वकिलहरुको बहस बाँकी रहेको मुद्दा शुक्रबारका लागि सारिएको हो । मुद्दामाथि शुक्रबार पुनः सुनुवाई हुनेछ ।
यसअघि संवैधानिक इजलासमा हरिकृष्ण कार्कीलाई राखिएको विषयमा विवाद भएपछि उनको स्थानमा अर्का न्यायाधीश सपना प्रधान मल्ल थपिएका छन् । प्रधान थपिएपछिको यो पहिलो सुनुवाइ हो ।
सम्बन्धित समाचार
संवैधानिक इजलास पुनर्गठन : कार्कीको ठाउँमा मल्लको इन्ट्री
प्रतिनिधि सभा विघटनविरुद्वको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु
प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दा बृहत पूर्णं इजलासमा लैजान सरकार पक्ष असहमत