२९ पुस, काठमाडौं । संचारकर्मी रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यँग गर्दै नाङ्गै रहेका बा’को टालो जीन्युजले लगिदिएको भनेका छन् ।
भारतीय टेलिभिजन जीन्यूजले सगरमाथा सम्बन्धी विवास्पद रिर्पोट प्रसारण गरेपछि त्यसलाई लिएर बुधबार सामाजिक संजाललगायतमा त्यसको व्यापक विरोध भइरहेको छ ।
उसको विवादास्पद रिर्पोट र प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर दिएको अन्तरवार्तालाई लाई रविले यस्तो व्यंग्य गरेका हुन् ।
सामाजिक संजाल ट्विटरमा लेख्दै उनले भनेका छन्– बा’नाङ्गिदै थिए । लाज छोप्ने कपडाको टालो लिएर,जी न्युज वाला आयो । ४० मिनेट जति टालो प्रयोग गर्न दियो । बा’ ले ४० मिनेट जति टालोले लाज छोपे, उसले ल्याएको सुनपानी पनि छर्किए ।तर, जी न्युजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथाको फेदमा गएर भन्यो ‘यी टालो याहाँ छ ।’ बा’ फेरि नाङ्गै !’
“बा”नाङिदै थिए।लाज छोप्ने कपडाको टालो लिएर,जी न्युज वाला आयो।४०मिनेट जति टालो प्रयोग गर्न दियो।”बा”ले ४० मिनेट जति टालो ले लाज छोपे,उसले ल्याएको सुनपानी पनि छर्किए।तर *जी न्युजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथाको फेदमा गएर भन्यो:”यी टालो याहाँ छ”। “बा” फेरि नाङै!
— Rabi Lamich2ane (@hamrorabi) January 13, 2021