२९ पुष, लण्डन । पर्वत कुस्मा घर भै विगत १० वर्ष देखी बेलायत बस्दै आएका गोपाल आचार्यको निधन भएको छ । आचार्यको गत शुक्रवार साँझ ५० वर्षको उमेरमा निधन भएको हो ।
लोकतान्त्रिक आन्दोलनमा नेबिसघको जुझारु नेताको रूपमा आचार्यले योगदान दिएका थिए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तत्कालिन स्ववियु सभापति किशोर सिहं राठौरको कार्यकालमा उनी त्रिचन्द्र क्याम्पसको उपसभापति थिए ।
पारिवारीक स्रोतका अनुसार उनी क्रिस्मस अघि घरमै अस्वस्थ भए पछि अस्पताल भर्ना गरिएको थियो । उनमा कलेजोमा समस्या देखिएको थियो । आचार्यका आमाबुवा भारतको देहरादुनमा बस्दै आएका छन् । उनी भने एक छोरा र श्रीमतीसहित लण्डनमा बस्दै आएका थिए ।
लण्डन नेपाल न्यूजका प्रबन्ध निर्देशकसमेत रहेका आर.के त्रिपाठीले सामाजिक सञ्जाल फेसबुकमार्फट आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पत्रकार युगनाथ शर्मा पौडेलले पनि आचार्यको निधनको खबरले मर्माहित बनाएको बताएका छन् ।