back

निर्वाचन आयोगलाई ओलिको जवाफ, पार्टी विभाजन भएको छैन, अनाधिकृत विवरण आयोगले अद्यावधिक गर्न मिल्दैन

वि.सं.२०७७ पुस २९ बुधवार

162 

shares
NTC AD
Global IME AD

२९ पुष, काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा जवाफ पेश गरेको छ । आयोगलाई पठाइएको पत्रमा नेकपा विभाजन नै नभएको बताइएको छ ।

निर्वाचन आयोगले गत २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र सच्चाएर जवाफ पेश गर्न भनेको थियो ।

सोही पत्रको जवाफमा ओलीले नेकपा विभाजन नभएको, आफू वरियतामा पहिलो र पुष्पकमल दाहाल दोस्रो अध्यक्ष कायम रहेको बताएका छन ।

उनले आफू प्रथम अध्यक्ष तथा प्रमुख पदाधिकारीको हैसियतमा रहेको हुँदा आफूले पठाएको विवरण बाहेक पार्टीको तर्फबाट अन्य कोही कसैले कुनै विवरण पठाउने अधिकार नभएको र त्यस्तो अनधिकृत विवरणलाई आयोगले अध्यावधिक गर्न नमिल््ने पत्रमा जनाएका छन ।
ओलीले आफू नेतृत्वको पार्टीले कुनै गैरसंवैधानिक काम नगरेको र त्यसमा अन्यले पठाएको विषय पार्टी अनुरुप नभएकाले यसमा नै केन्द्रित रहेर कार्य गर्न समेत आयोगलाई आग्रह गरेका छन । ‘मैले पार्टी प्रमुखको हैसियतमा गरेको कार्य र पार्टीबाट भएका निर्णयहरू कानुनसम्मत विधानको व्यवस्था अनुरुप तथा नेपालको संविधान अनुरुप भएको हुँदा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ बमोजिम अभिलेखीकरण गरिदिनु हुन अनुरोध छ,’ ओलीको पत्रमा उल्लेख छ ।

उनले निवाचन आयोगमा पत्राचार गर्ने सम्बन्धमा पार्टीको तर्फबाट द्वितिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनै अधिकार नदिइएको उल्लेख गरेका छन ।

पत्रमा दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाँउमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको उल्लेख गरेका छन् ।

 

वि.सं.२०७७ पुस २९ बुधवार २०:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...