गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रले महिला आवाज धाराबाहिक बहस सुरु गर्ने भएको छ । बहसको पहिलो भाग १७ जनवरी २०२१ आइतबार हुने भएको छ ।
कार्यक्रमको आयोजक गैरआवासीय नेपाली संघको उत्तर र दक्षिण अमेरिका क्षेत्र जसलाई अमेरिकाज क्षेत्र भन्ने गरिन्छ, रहेको छ । संघको अमेरिकाज क्षेत्रकी महिला संयोजक तथा कार्यक्रमकी संयोजक रहेकी उमा कार्की थापाले सो कुराको जानकारी दिएकी छन् ।
साथै उनले आफ्नो कार्यक्रम अत्यन्तै आकर्षक हुने, यसबाट नेपाली समुदायमा एउटा फरक रुपान्तरको सुरुवात हुने समेत बताएकी छन् ।
यस्ता खाले कार्यक्रम गैरआवासीय नेपाली संघको महिला बिभागले संघका ६ वटै क्षेत्रमा फरक–फरक रुपले संचालन गर्दै आएको छ । अमेरिकाज क्षेत्रले आयोजना गरेको कार्यक्रमको पहिलो बहस १७ जनवरी १७, २०२१ आइतबार जुम र्यालीमा हुनेछ ।
पूर्वीय समय दिनको १२ः०० बजे सुरु हुने कार्यक्रममा महिला र युवा दुबै क्षेत्रलाई फोकस गरिनेछ। कार्यक्रमलाइ संघको आधिकारिक फेसबुक पेज र अन्य संचार मध्येमहरुबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।