back

तपाईको आज (शुक्रबार) को राशिफल भन्छ-आज यी सात राशिकालाई हुनेछ विशेष फाईदा

वि.सं.२०७७ माघ २ शुक्रवार

144 

shares
NTC AD
Global IME AD

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । चिनजानका माध्यमले पनि विशेष फाइदा दिलाउन सक्छ । कृषि तथा व्यापारमा पनि मनग्य लाभ लिने समय छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्नेछ । शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ । दोहोर्याएर प्रयत्न गर्दा आंशिक काम बन्न सक्छ । फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । जीवनस्तरमा परिवर्तन ल्याउन निकै मिहिनेत गर्नुपर्ला । भविष्यका लागि जग बसाउन सकिनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । तर, गोपनीयतामा ध्यान पुर्याउनुहोला । चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापारमा लाभ लिने समय छ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । गृहस्थी यात्रा रमाइलो रहनेछ । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ । तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ अरूको फाइदाका लागि उपयोग भइएला । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर छ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने पहिलेको स्थितिमा सुधार आउनेछ । अर्थ उपार्जनका स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्नेछ। वादविवादबाट टाढा रहनुहोला, जीवनशैलीमा केही परिवर्तन ल्याउन सकिनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम गर्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ साथीभाइ भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । पेटको समस्याले भने सताउन सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । बेलैमा होस नपुग्नाले चुनौतीसमेत आइलाग्न सक्छ । शुभचिन्तकहरू समेत टाढा हुने समय छ । धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ । समय दिन नसक्दा नियमित काममा बाधा हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि 
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुने छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ । समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले सञ्चित रकम खर्च हुन सक्छ ।

२०७७ माघ २ गते, शुक्रवार, (१५ जनवरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज (विहिबार), राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

वि.सं.२०७७ माघ २ शुक्रवार ०७:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD