back

‘किसानमैत्री राज्य बनाउन किसान नै एकजुट हुनुपर्ने’

वि.सं.२०७७ माघ २ शुक्रवार

135 

shares
NTC AD
Global IME AD

२ माघ, भक्तपुर । अष्ट ज अभियान नेपालका महासचिव निलकण्ठ तिवारीले किसानमैत्री राज्य बनाउन किसान नै एकजुट हुनुपर्ने बताएका छन् ।

भक्तपुरको मध्युपर ठिमिमा आयोजित तीनदिने च्याउ तालिमको शुभारम्भमा बोल्दै तिवारीले नेपालको समृद्दि माटो र हावापानीको व्यवसायिकतामा रहेको जोड दिँदै उत्पादनमैत्री वातावरणका लागि दवाव शसक्त बनाउनुपर्ने धारणा राखेका थिए ।

मसरुम सीड नेपाल एण्ड रिर्सच सेन्टर प्रा.लि आयोजक, प्रेस मसरुम एण्ड एग्रो प्रा.लि व्यवस्थापन र ख्वप अग्रो एण्ड रिर्सर्च सेन्टर प्रा.लि को प्राविधिक सहयोग रहेको सो तालिमको शुभारम्भमा उनले अष्ट ज अभियानले गरेका प्रयासका साथै कृषिमा विदेशी लगानीले निम्त्याउने संकट बारे चर्चा गरेका थिए । रामदेवका नाउँमा नेपाली जडिबुटी उद्यमी निराश र पलायन भैरहेको तर्फ प्रष्ट पार्दै उनले नेपालको माटो र खान्की संप्रभूता नष्ट पार्ने ध्येयका साथ विचौलियाद्धारा हतारमा गराइएको पछिल्लो निर्णय फिर्ता लिन पनि सरकारसँग अनुरोध गरेका थिए ।

अष्ट ज अभियन्ता तथा भक्तपुरका नमुना कृषि उद्यमी ‘आकाशवादे’ को सभापतित्वमा सम्पन्न सो शुभारम्भ समारोहमा मध्यपुर ठिमी नगरपालिकाकी कृषि शाखा प्रमुख होमादेवी उप्रेतीले साधन श्रोतको सिमितताका बाबजूत कृषकहरुको शसक्तिकरणमा आफूहरु लागि परेको बताएकी थिइन् ।

कार्यक्रममा फ्रेश मसरुमका राजु केशी र ख्वप एग्रोका रमेश बैद्यले प्रशिक्षणबाट अपेक्षित परिणाम बारे चर्चा गरेका थिए ।

कार्यक्रमको सभापतित्व गरेका अभियन्ता आकाश वादेले सो प्रशिक्षणमा बाजुरा, रुकुम, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, भक्तपुर, ललितपुर, अर्घाखाँची, तेह्रथुम धादिङ र काठमाडौंका गरी १८ जना प्रशिक्षार्थीलाई तालिम दिइने बताएका छन् ।

 

वि.सं.२०७७ माघ २ शुक्रवार १५:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...