२ माघ, जापान । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का मानार्थ सदस्य सदस्य तथा जनसम्पर्क समिती जापानका सल्लाहकार कपिलदेब थापाले १३ बक्स (२५,००० थान ) मास्क नेपाल पठाएका छन् ।
७ लाख ५० येन मूल्यको मास्क गैरआवासीय नेपाली संघको माध्यमबाट नेपालमा आवश्यकिय क्षेत्रमा निःशुल्क वितरण गर्ने गरी नेपाल पठाईएको थापाले जानकारी दिए । आबश्यक भएकाहरुलाई एनआरएनए कार्यालय काठमान्डौमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।
उक्त मास्क जापानको नारिता एयरपोर्ट बाट जनसम्पर्क समिति जापानका कोषाध्यक्ष बाबुराम सापकोटाले नेपाल एरलाइन्सबाट नेपाल लिएर गएका छन् । मास्क ढुवानीका लागि नेपाल एयरलाइन्सले सहयोग गरेको अभियन्ता थापाले बताए ।
सामाजिक अयिभन्ताका रुपमा परिचित थापाले यसअघि पनि जापानबाट ३ करोड रूपैयाँ मूल्य बराबरको कोरोना परिक्षण किट नेपाल पठाएका थिए ।
उनले नेपालका असहाय, असक्त र आर्थिक अबस्था कमजोर भएका बिमारीहरूलाई जापानबाट ह्वुईलचियर उपलब्ध गराउँदै पनि आएका छन् ।
३० मिनेटमै कोरोना परीक्षण हुने करोडौँको एन्टिजेन किट जापानबाट सहयोग