हातमा बन्दुक खुकुरी
रणचण्डीको ध्वजा उचाली
हेरन युद्धको मैदानमा
अघिल्लो पंक्तिमा गोर्खाली ।
जय महाकाली आयो गोर्खाली
बुलन्द नारा शिर उचाली
वैरीको काल बनेर
अघि बडदछ वीर गोर्खाली ।
आयो आयो हेर लौ ! गोर्खाली
भन्दै भागे वैरी अस्त्रशस्त्र फाली
मृत्युको भय नराखी मनमा
हिडदछ वीर गोर्खाली ।
सिरुपाते उसको शान हो
स्वदेशको माटो ज्यान हो
माटोको रक्षा गर्नलाई
बलि चडदछ गोर्खाली ।