अझ स्वाद मैले भर्न लागेको थिए
त्यो बाहुलीमा पर्न लागेको थिए
आभास हुन्थ्यो प्रेमको अनजानमा
जब प्यार भन्दै मर्न लागेको थिए
मेरो भयो यो हात थाम्ने अब निधो
आफै म खोजी गर्न लागेको थिए
अनमोल हो भन्यो खुशी साँचो यहाँ
मैले त सित्तै छर्न लागेको थिए
छाडी दियौं अन्योलमा पारेर जब
सामीप्य तिम्रो सर्न लागेको थिए ।
बहर बहरे रजज मुसद्दस सालिम