बिर्सेछ भारतले
सन् १९६२ को युद्ध
चीनले दिएको घाउ
खाटा बसेछ बिचरा
त्यति ठूलो घाउ
हजारौ वर्ग मिटरको क्षेत्र
चीनले राखेको अधिनमा
ठुलो बाघसँग
सक्दैन लड्न
सानो स्याललाई
सक्छ हेप्न
जान कैलाश पर्वत
भिजा चाहिन्छ चीनको
जान मानसरोवर
लिपुलेकको बाटो
नेपालको माटो
सजिलो छ उसलाई
गुमाउन आत्मीयता
गुमाउन अन्तरसम्बन्ध
सांस्कृतिक बिविधता
नाता र धर्म
बुझ्दैन मर्म
बिर्सेछ गोर्खेलाई
जोगाएको सुन्दर कास्मिर
बिर्सेछ टाइगरहिलको युद्ध
बचाएको अस्तित्व
अन्तराष्ट्रिय अदालतमा
लिपुलेकको माटो
अन्यायको विरुद्ध
निकाल्दैछ आवाज
दिनुपर्छ सबैले
साथ र हात
सहनु अत्याचार
हो ! ठुलो अपराध
उठाउँ आवाज राष्ट्रसंघमा
जुटौ सबै नेपाली
आमा भन्दा ठुलो हो भूमि
मर्नलाई तयार म छु नि !!