मानिसको शरीर
मनको अधिनमा हुन्छ
मन बुद्धिको
बुद्धि ज्ञानको
ज्ञान पुस्तकको अधिनमा हुन्छ ।
पुस्तक ज्ञानको भण्डार हो
विवेकको खानी हो
पुस्तक सामान्य मानिसदेखि लिएर
विश्वका शिक्षित विद्वानहरुको
प्रसिद्ध वैज्ञानिकहरुको समेत गुरु हो ।
पुस्तक अन्धोको आँखो हो
लंगडाको लौरो हो
जस्ले पुस्तकको ढोका ढकढकाउँछन् पुस्तक उस्को साथी पनि हो
आफ्नो जात जातीय अनि
संसार जान्न बुझ्न दिने नेत्र पनि हो ।
पुस्तक रुपी ज्ञानको
बिरुवा रोप्न सक्यौ भने
प्रतेक दिन बढ्दै झ्यागिदै जान्छ विवेक
पछि त्यसबाट
सफलता रुपी फलहरु प्राप्तगर्न सकिन्छ
अनि शीतल छहारी मुनि
जीवन सजिलैसंग निर्वाह गर्न सकिन्छ ।
पुस्तक बिना
जीवन अन्धकारमय बन्नपुग्छ
पुस्तकलाई साथी बनाउदा
जिवनमा सफलता मिल्न सक्छ
पुस्तक त्रिनेत्र हो
मान्छेमा ज्ञान मार्फत
बुद्धि विवेकको प्रकाश भरिदिन्छ ।
पुस्तकबाट
संसारिक ज्ञान प्राप्त हुन्छ
मान्छेलाई प्रेरणा प्रदान गर्छ
जीवनको सहयोगी बन्छ
पुस्तकबाटनै
पृथ्वी गोलो भएको
चन्द्रमामा ढुङ्गा पत्ता लगाएको
मंगलग्रहमा हावा भएको कुरा ज्ञात हुन्छ
त्यसैले
पुस्तक प्रिय साथी हो ।