back

हेर्नुहोस् यस्तो छ नेपालमा माघ ३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ ३ शनिवार

180 

shares
NTC AD
Global IME AD

३ माघ, काठमाडौं । नेपालमा शनिबार (३ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ८ हजार ९४४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ८१९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४०५८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८२३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३,२३५ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १६९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ३, बागमती प्रदेशमा ६०, गण्डकी प्रदेशमा ६३, लुम्बिनी प्रदेशमा ४०, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिममा १ जना गरी जम्मा १६९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ६ जना र सुदूरपश्चिममा २ गरी जम्मा ३८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा २३१ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुम पश्चिम र मुगु रहेको छ ।

आज थपिएका २४० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । साथै आज ४७७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९५४ पुगेको छ ।

आज देशैभरी २४० जनामा कोरोना संक्रमण, ४७७ जना निको, ६ जनाको मृत्यु
३ माघ, काठमाडौं । नेपालमा आज देशैभरी २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ८१७ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १३१ जनासहित देशैभरी २४० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ८७ र १५३ जना पुरुष रहेका छन् ।

आज थपिएका २४० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६७ हजार ५७ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४७७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । निको हुनेको यो दर ९७.८ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५४ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३,२३५ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा १२०,प्रदेश २ मा ८२, बागमती प्रदेशमा २३४२ गण्डकी प्रदेशमा १६०, लुम्बिनी प्रदेशमा ३५७, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४१ जना गरी ३,२३५ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ८२३ जनाको उपचार भइरहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमित ४३०१ मात्रै, यस्तो छ हालसम्मको अन्य विवरण

वि.सं.२०७७ माघ ३ शनिवार १७:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...