Sansar News- Online for Global Nepali

तपाईको आज (आईतबार) को राशिफल भन्छ-आज यी सात राशिकालाई हुनेछ विशेष फाईदा !

संसार न्यूज़
१ महिना पहिले
तपाईको आज (आईतबार) को राशिफल भन्छ-आज यी सात राशिकालाई हुनेछ विशेष फाईदा !

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । कर्मयोगले भविष्यको बाटो समाउनेछ । प्रतीक्षा गरिएको काम बन्न सक्छ । सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ । मिहिनेतले सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
अप्ठ्यारो परिस्थितिमा पनि अवसर आउनेछ । तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । परिस्थितिवश चिताएको काममा समस्या आउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला । चिताएका काममा बाधा पुग्न सक्छ । जीवनशैलीमा सुधार ल्याउन आवश्यक देखिन्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा ढिलासुस्ती हुन सक्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुपर्नेछ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छोटो समयमा मनग्गे फाइदा हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी राम्रो भए पनि अरूका लागि खर्च बढ्न सक्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । दिगो काममा जग बसाउने मौका छ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ भने मिहिनेतको प्रतिफल न्यून पाइनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ, वादविवादमा अघि नसर्नुहोला । साझेदारीमा मतभेद देखा पर्नाले समस्या आउन सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सहयोग जुट्नेछ । योजना गोप्य रहँदा फाइदा हुनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । पारिवारिक जमघटले आनन्द दिलाउनेछ । मिहिनेतले आत्मविश्वास बढाउनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ ।

२०७७ माघ ४ गते, आइतवार, (१७ जनवरी २०२१) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त फाइदा ?

सर्बाधिक पढिएको

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ?

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ? ३ हप्ता पहिले | संसार न्यूज़

माघ १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले रामकुमारी…

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ३ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…