Sansar News- Online for Global Nepali

ओलीका कदममा एक पछि अर्को झुट !

राजेन्द्र बराल
१ महिना पहिले
ओलीका कदममा एक पछि अर्को झुट !

माघ ४, काठमाडौं । नेकपा विवाद चुलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर ३० मा एकाएक यसअघि फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई अगाडि बढाउने निर्णय गरेका थिए । संवैधानिक निकायहरुमा आफुँ अनुकुल नियुक्ती गर्न नसकिरहेका बेला उनले सबैलाई झुक्याउँदै अध्यादेश जारी पनि गराए । लगत्तै सबै संवैधानिक निकायहरुका रिक्त पदमा आफुँ अनुकुल पदपुर्ती पनि गराए ।

अध्यादेश जारी गर्ने र पदपुर्ती गर्ने काम उनले सबैलाई झुक्याएर झुट शैलीका गरेका थिए । अध्यादेश प्रकरणपछि पुस १ मा बसेको नेकपाको स्थायी समिति बैठकमा उनले अध्यादेश फिर्ता लिने मात्रै सहमती गरेका थिएनन् अध्यादेश जारी पछि बसेको बैठकले कुनै निर्णय नगरेको पनि स्पष्टीकरण दिएका थिए । उनको सहमती अनि स्पष्टोक्तीसँगै नेकपाभित्रको असन्तुष्ट खेमा संसदको विशेष अधिवेशन बोलाउने अडानबाट पछि हटेको थियो ।

तर, अध्यादेश जारी भएको साँझ संवैधानिक परिषदको बैठकले सबै निकायका रिक्त पदमा नियुक्ती गर्ने निर्णय गरेको थियो । उनले जुन निर्णयलाई लुकाएर राखेका थिए । जसलाई प्रतिनिधि सभा विघटन गरिएको दिन पुस ५ मा ओली स्वंयले सार्वजनिक गर्न लगाएका थिए ।

राष्ट्रिय सभा अध्यक्षमार्फत निर्णय सार्वजनिक गराइएको थियो

पुस ५ को बिहान ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका थिए । जुन सिफारिसका आधारमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

ओलीको उक्त कदमका बीच अर्को झुटको पर्दा पनि खोलिएको थियो । ओलीले राष्ट्रिय सभा अध्यक्षसमेत रहेका संवैधानिक परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनामार्फत संवैधानिक परिषदको बैठकले सबै रिक्त पदमा नियुक्ती गरेको खुलासा गराएका थिए ।

प्रतिनिधि सभा विघटनको विषयमा चर्चा चुलिएको बेला तिमिल्सिनाको खुलासाले उक्त दिन सञ्चारमाध्यममा थप नयाँ कुराले तरंग फैलाएको थियो । तर, तिमिल्सिना स्वंयले भने पुस ३० को साँझ बसेको बैठकले कुनै निर्णय नगरेको त्यसअघिका मिडिया प्रतिक्रियामा बताउँदै आएका थिए ।

संसद विघटनको पृष्ठभूमी र विघटनपश्चात प्रधानमन्त्री ओलीले चालेका कदमहरु झुट केन्द्रीत छन् । उनले झुट बोल्दै झुक्याउँदै व्यवहार गरिरहेका छन् । अहिले संवैधानिक इजलासमा बहसकै रुपमा रहेको प्रतिनिधि सभा विघटनको विषयमा पनि उनका थुप्रै गतिविधिप्रति प्रश्न तेर्सिएका छन् । विघटन गर्न राष्ट्रपति कार्यालयलाई गरिएको सिफारिसको सक्कल नै गायब पारिएको विषय झनै रोचक छ ।

प्रतिनिधि सभा विघटनपछि पनि झुटै झुट

१. विघटनमा नै झुट

ओली स्वंयले प्रतिनिधि सभा विघटन गराउने निर्णय सबैलाई झुक्याएर झुट शैलीमा गरेका थिए । उनले आफ्नै पार्टीलाई समेत गुमराहमा राखेका थिए भने अन्य निकायहरुलाई पनि झुक्याउने शैलीमा व्यवहार गरेका थिए ।

संविधानमा प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गर्ने कुनै व्यवस्था छैन तर, ओलीले हुँदै नभएको धारा टेकेर विघटनको निर्णय गरे । भलै प्रतिनिधि सभा विघटनको विषय अदालती बहसमा गएको भएपनि विघटनको सिफारिस कुनै संवैधानिक धारालाई नटेकी गरिएको कुरा अदालती बहसका क्रममा खुलासा भएको छ ।

संसद विघटनबारे राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्तीमा संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ लाई उल्लेख गरिएको छ । तर, धारा ७६ को उपधारा १ मा उक्त विघटनबारे बोलीएको छैन् भने उपधारा ७ मा पनि हालको अवस्थालाई नजिर बनाएर संसद विघटन गर्न मिल्ने व्यवस्था छैन् । साथै धारा ८५ मा पनि विघटनको विषयमा बोलिएको नै छैन् ।

२. अदालतभित्रै झुट

संविधानका धाराहरुलाई नटेकी चालिएको उक्त कदमहरुका बारेमा सर्वोच्चको संवैधानिक इजलासमा बहस चलिरहेकै बेला फेरि अर्को झुटका कदमहरु चालिएका छन् । माघ २ मा बसेको संवैधानिक इजलासमा जसबारे वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रश्न उठाएका थिए ।

अधिवक्ता श्रेष्ठको प्रश्नसँगै प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष गरेको सिफारिसको सक्कल कागजातबारे प्रश्न उठेको थियो । तर, अदालतबाट सक्कल गायब पारिएको भेटियो । प्रधानन्यायाधीशकै सहभागितामा सक्कल प्रधानमन्त्रीले फिर्ता लगेको भेटिएको छ । जुन कानूनलाई उल्लंघन गर्ने शैली पनि हो ।

संवैधानिक इजलासमा हाल उक्त सक्कल गायबका विषयमा छलफल चलिरहेको छ । यद्यपी अदालतकै सहभागीतामा उक्त सक्कल लगिएको हुनाले फैसला कसरी हुन्छ पर्खनुपर्ने छ । अहिले संवैधानिक इजलासमा सहभागी न्यायाधीशहरुले प्रधानमन्त्री ओलीसँग गरेको गोप्य भेटबारे पनि बहस चलिरहेको छ । संसद विघटनको विषयमा संवैधानिक इजलासमा बहस चलिरहेको बेला गोप्य रुपले भेटिएको विषयले निकै प्रश्नहरु उब्जाएका छन् ।

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ४ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…