माघ ५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा नेता डा. बाबुराम भट्टराई अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् । भट्टराईले ‘प्रतिनिधि पुनस्र्थापना नभए हातमा दही जमाएर नबस्ने’ भन्ने अभिव्यक्ति दिएपछि थापाले आपत्ति जनाएका हुन् ।
भट्टराई अदालतलाई तर्साउन र संविधानको हत्या गर्न उद्धत रहेको थापाको आरोप छ । सामाजिक सञ्जालमार्फत भट्टराईको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले भनेका छन् – ‘प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर, रामनाम जपेर बस्दैनौं’ भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको देखिन्छ ।
संविधानमा रहेका अस्पष्टता/विवाद निरूपणगर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको अवस्थामा “प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर,रामनाम जपेर बस्दैनौं”भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको देखिन्छ
— Kamal Thapa (@KTnepal) January 18, 2021
थापाको अनुसार संविधानमा रहेका अस्पष्टता र विवाद निरुपण गर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको छ । जसको सम्मान सबैले गर्नुपर्ने उनको भनाई छ ।
सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता बाबुराम भट्टराईले संसद पुनस्र्थापना नभएर प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।