५ माघ, काठमाडौं । नेपालमा तीन जनामा कोरोना भाइरसको नयाँ प्रजाति (भेरियन्ट) भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट आएका ६ मध्ये ३ जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो ।
केहीदिन अघि बेलायतबाट आएका उनीहरुलाई मन्त्रालयले निगरानिमा राखेको थियो । उनीहरुमा गरिएको परीक्षणमा तीन जनामा कोरोना नेगेटिभ पाइएपछि नयाँ प्रजातिको संक्रमण हो होइन भन्ने परीक्षणका लागि बिश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा पठाइएको थियो ।
त्यहाँ गरिएको परीक्षणमा उक्त नमुनामध्ये २८ वर्षीया महिला तथा ६७ र २३ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । ती मध्ये महिला र ३२ वर्षीय पुरुषमा पिसीआर परीक्षणमा नेगेटिभ देखिएको र अर्का ६७ वर्षीय पुरुषमा संक्रमण देखिएपनि कुनै लक्षण नदेखिएको पनि मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ ।