६ माघ, युएई। नेपाली दूतावासमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही समयका लागि कन्सुलर सेवा बन्द गरिएको छ ।
सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीमा कोभिड–१९ को संक्रमण भएपछि आवस्यक साबधानी अपनाउनुपर्ने भन्दै दूतावासबाट दिइने कन्सुलर सेवाहरु (राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्र प्रमाणीकरण लगायतका अन्य कामगाजत प्रमाणिकरणका काम मंगलबार देखि केही दिनसम्मका लागि स्थगन भएको दूतावासले जानकारी दिएको छ ।