माघ ७, काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छ माया छपक्कै’ यूट्युबमा सार्वजनिक भएको छ । दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ माया छपक्कै मंगलबार आमा अग्नि कुमारी मिडियाको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।
निर्माता तथा अभिनेता गिरीले फिल्म युट्युबमा सार्वजनिक भएको सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन्। उनले फिल्मले हलमा र डिशहोममा दर्शकको राम्रो माया पाएको भन्दै युट्युबमा पनि माया पाउने विश्वास गरेका छन्।
‘हाम्रो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ पनि युट्युबमा आएको छ। यो राजनीतिक कथाबस्तुमा आधारित फिल्मलाई तपाईंहरुले धेरै माया दिनु भएको छ’, फेसबुकमा गिरीले लेखेका छन्, ‘धेरै दर्शकले यो फिल्मलाई हलमा, फिल्म एपमा, डिस होममा हेरेर माया गर्नु भो, आजदेखि एचडी क्वालिटीसहित यूट्युबमा आएको छ। हेरेर प्रतिक्रिया पाऊँ।’
यसअघि गत तीन साता अघि पनि दीपक र दीपाश्रीको फिल्म छक्का पन्जा ३ सार्वजनिक भएको थियो । फिल्मलाई यूट्युबमा निकै मन पराईको थियो ।
हेर्नुहोस् यूट्युबमा सार्वजनिक फिल्मको भिडियो