माघ ७, काठमाडौं । प्रदेश सरकारविरुद्व अविश्वासको प्रस्ताव पेश भएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल थालेको छ । प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्व विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेका बेला कांग्रेसले आफ्नो रणनीति बनाउन छलफल थालेको हो ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा प्रदेश १ का नेताहरु जुटेका छन् । तर, छलफलमा धेरै प्रस्तावहरु आएको बुझिएको छ ।
कांग्रेस हालसम्म पनि अस्पष्ट
अविश्वासको प्रस्ताव दर्ता भएका दुवै प्रदेशका कांग्रेस निर्णायक अवस्थामा छ । कांग्रेसले चाहेमा हालका सरकार कायम रहन पनि सक्छन् भने नचाहेको खण्डमा विघटन हुन सक्छन् ।
कांग्रेसले हालसम्म पनि विभाजित नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन् । विभाजिन नेकपाका दुवै पक्षले कांग्रेसलाई आफ्नो पक्षमा आउन आग्रह गरिरहेका छन् ।
प्रदेश १ र बागमती प्रदेशको प्रदेशसभा बैठक आजदेखि बोलाइएको छ । दुवै प्रदेशसभामा अविश्वासको प्रस्ताव निर्णयको लागि प्रस्तुत हुनेछ । तर, कांग्रेसले मौनता देखाए दुवै फेल हुनेछन् ।