back

केपी ओलीको चुनाव घोषणा विषको घैटोमाथि अमृत राखेर पिएजस्तै-डा. बाबुराम भट्टराई

वि.सं.२०७७ माघ ७ बुधवार

129 

shares
NTC AD
Global IME AD

७ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपीओलीद्धारा गरिएको चुनाव घोषणा विषको घैटोमा माथिबाट थोरै अमृत राखेर पिएजस्तो रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद विघटनका विरुद्धमा पार्टीद्धारा बुधबार देशका ७७ वटै जिल्लामा आयोजित जनसभा अन्तर्गत टिकापुरको जनसभालाई सम्बोधन गर्दै डा. भट्टराईले अब चुनाव हुने र चुनावमा गएपछि कांग्रेस नै पहिलो पार्टी हुन्छ र सरकार चलाउँछ भन्ने भ्रममा नपर्न कांग्रेसलाई आग्रह गर्दै यो केपी ओलीको सर्वसत्तावाद सासन कायम गर्नका लागि चुनावको घोषणा भ्रम मात्रै रहेको समेत बताए ।

‘हिजो ज्ञानेन्द्र साहले पनि चुनाव घोषणा गरेका थिए । त्यो चुनाबमा तपाइ हामीले भाग लिएनौ, पंचायतले पनि चुनाव घोषणा गरेको थियो हामीले भाग लिएनौं । यो चुनाव त विषको घैटामा माथि अलिकति अमृत राखेर पिएजस्तो केपी ओलीले आफूलाई सर्वसत्तावादी सासन कायम गर्ने हो । चुनाव त एउटा भ्रम मात्रै हो ।’

डा. भट्टराईले न्यायालयको सम्मान तथा आस गर्नुपर्ने बताउँदै यसको ढाँचा परम्परावादी र प्रक्रियामुखी रहेकोले सत्य र न्यायको पक्षमा फैसला हुन्छ भन्ने ढुक्क नभएको बताए ।

‘त्यहि खबरदारी गर्नको निम्ति अनि सर्वोच्च अदालतका न्यायाधिशको कानमा पार्नका निम्ति पनि हामीले यो कार्यक्रम गरेका हौं,’ सम्बोधनका क्रममा डा. भट्टराइले भने, ‘ हामी जनप्रतिनिधिहरु बसेर यो संविधान हामीले बनाएको हो । हामीलाई थाहा छ, संविधानका परिकल्पनाकार, मस्यौदाकार र संविधान समितिको सभापति भएकोले मलाई एक÷एक अक्षर थाहाछ ।’

वि.सं.२०७७ माघ ७ बुधवार १५:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...