काठमाडौं । निर्देशक शंकर कार्कीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सत्यम्’ बाट महानायक राजेश हमाल ठुलो पर्दामा फर्किने भएको छन् ।
केही समय देखी म्युजिक भिडियोमा ब्यस्त रहँदै आएका महानायक राजेश हमाल ठुलो पर्दामा फर्किने भएका हुन् । अभिनेता राजेश हमाललाई दर्शकले चलचित्रको पर्दामा नदेखेको धेरै भयो ।
उक्त चलचित्रमा शीर्ष भूमिकामा देखिन लागेका राजेशको अपोजिटमा अभिनेत्री उपासना सिंह ठकुरीलाई राख्ने कुरा भइरहेको छ । त्यस्तै, अर्का अभिनेता अनुप विक्रम शाही चलचित्रमा पक्का भैसकेका छन् ।
बुझिए अनुसार चलचित्रमा अनुप खलनायकको भूमिकामा प्रस्तुत भएका छन् । टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ लिएर आएका राजेश सोही कार्यक्रमका कारण केही समय अघि चर्चामा पनि आएका थिए ।