back

टोखाको न्यायिक समितिमा २७ उजूरी दर्ता

वि.सं.२०७७ माघ ७ बुधवार

132 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

७ माघ, काठमाडौँ । टोखा नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७७÷०७८ को छ महिनामा २७ उजूरी दर्ता भएका छन् ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजूरी बाटोको विवाद, जग्गाको सीमाना मिचिएकोलगायतका उजूरी दर्ता भएका हुन् । न्यायिक समितिका संयोजक एवम् नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद, महिला हिंसासम्बन्धी उजूरी न्यायिक समितिमा पर्ने गरेको जानकारी दिइन् । सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरीपाउँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् ।

टोखामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६, आव २०७६/०७७ मा ३९ उजूरी परेका थिए । आव २०७६/०७७ मा दर्ता भएका ३९ उजूरीमध्ये छ वटा निर्णय गरिएको, आठ मुल्तबीमा रहेको, एक काठमाडौँ जिल्ला अदालतमा पठाएको, नौ मिलापत्र गरिएको र बाँकी १३ वटा कारबाहीको प्रक्रियामा रहेको संयोजक डङ्गोलले बताइन् ।

टोखाको न्यायिक समितिमा उपप्रमुख डङ्गोलको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ, दुर्गाप्रसाद अर्याल र सत्यनारायण डङ्गोल सदस्य छन् । सदस्य अर्याल र डङ्गोल कानूनी सल्लाहकारका रुपमा रहेका छन् । नगरपालिकामा आउने उजूरी सबै लिखितरुपमा नै आउने गरेका छन् ।

चालू आवमा न्यायिक समितिमा उजूरी गत वर्षका तुलनामा आउने क्रम बढेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा पर्ने मुद्दाको सुनुवाईका लागि प्रत्येक सोमबार इजलास बस्दै आएको छ । मुद्दाको आवश्यकता हेरेर इजलास बस्ने दिनपनि बढाइने गरेको उपप्रमुख डङ्गोलले बताइन् । टोखा नगरपालिकामा ११ वडा छन् ।
रासस

वि.सं.२०७७ माघ ७ बुधवार १६:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...

देशभर अझै केही दिन वर्षा जारी रहने

देशभर अझै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...