माघ ८, काठमाडौं । राष्ट्रपति पदको सपथ लिएसँगै जो बाइडेनले १५ आदेशमा हस्ताक्षर गरेका छन् । उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका विदेशी र राष्ट्रिय सुरक्षाका लागि गरिएका निर्णय विपरित बनाइएका नीतिहरुमा हस्ताक्षर गरेका हुन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार जलवायु परिवर्तन बारे गरिएको पेरिस सम्झौता, विश्व स्वास्थ्य संगठनबाट हट्ने निर्णय, मुस्लिममाथि यात्रामा प्रतिबन्ध, मेक्सिको सीमामाथि पर्खाल निर्माणको कामलगायत निर्णय तथा फैसलालाई उल्ट्याउने गरि बाइडेनले आदेश गरेका छन् । साथै कोरोनाको महामारीलाई ध्यानमा राख्दै मास्क अनिवार्य गरिदिएका छन् ।
बाइडेनले आगामी केहि दिनभित्रै थप महत्वपूर्णं आदेशमा पनि हस्ताक्षर गर्ने तयारी गरेका छन् । बाइडेनको टिमले सञ्चार माध्यमलाई बताएअनुसार राष्ट्रपति ट्रम्पले गरेको धेरै निर्णयमाथि पुर्नमुल्यांकन गरि निर्णय हुनेछ ।