Sansar News- Online for Global Nepali

तिलोत्तमा नगरपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

संसार न्यूज़
१ महिना पहिले
तिलोत्तमा नगरपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

८ माघ, रुपन्देही । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले रु ४५ लाख ९८ हजार ८०० प्राप्त गरेका छन् ।

अनुदानलाई साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । सहकारीले उपलब्ध गराएको आव २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० दुग्ध उत्पादक सहकारीमा आबद्ध तीन हजार २५५ किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

मङ्गलबार दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् । नगरपालिकाले अघिल्लो आवमा पनि यहीँ नीतिअनुरुप झण्डै रु ३७ लाख किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले उत्पादनका आधारमा अनुदान रकम दिने नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताए ।

यस वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले रु नौ लाख २६ हजार ८५२ प्राप्त गरेको छ । वडा नं १४ कै टिकुलीगढ दुग्ध उत्पादक सहकारीले रु पाँच लाख २० हजार ५४, वडा नं १२ को गोकुल दुग्ध उत्पादक सहकारीले रु चार लाख ७० हजार ५२७, वडा नं ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले रु चार लाख २७ हजार ५५७ प्राप्त गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै रु आठ लाख बढी अनुदान रकम प्राप्त गरेका छन् । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दूध सहकारीमार्फत बिक्री वितरण हुने भएको छ ।

दुग्ध उत्पादक सहकारी सङ्घका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको बताउँदै सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैका लागि अनुकरणीय रहेको बताए । सङ्घका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेले तल्लो तहका किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए । रासस

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ४ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…