८ माघ, काठमाडौं । स्पेनमा रहेका नेपालीहरुले अब वर्क परमिटका लागि चाहिने प्रहरी प्रतिबेदन लिगलाइजनेशन गर्नुनपर्ने भएको छ ।
यसअघि प्रहरी प्रतिवेदन म्याड्रिडस्थित स्पेनको परराष्ट्र मन्त्रालयमा लिगलाइजेशन गर्नुपर्ने अवस्था रहेकोमा अब अप्रान्त लिगलाइजेशन नगराई सिधै सम्बन्धीत निकायमा पेश गर्न पाउने व्यवस्था रहेको छ ।
स्पेनस्थित नेपाली दूतावासका अनुसार निवेदक आफैले अनलाइनबाट क्यु आर कोर्ड सहितको प्रहरी प्रतिवेदन रंगीन प्रिन्ट गरी सम्बन्धीत निकायमा तोकिए बमोजिक पेश गर्न सक्नेछन् ।
दूतावासले वर्क परमिट बाहेक अन्य कार्यका लागि प्रहरी प्रतिबेदन पुरौ तरिकाबाट लिगलाइज गर्नुपर्ने जनाएको छ ।