Sansar News- Online for Global Nepali

बाइडेनको आगमन : ट्रम्पका सल्लाहकारदेखि सहयोगीसम्मलाई चीनमा प्रतिबन्ध

संसार न्यूज़
१ महिना पहिले
बाइडेनको आगमन : ट्रम्पका सल्लाहकारदेखि सहयोगीसम्मलाई चीनमा प्रतिबन्ध

माघ ८, काठमाडौं । चीनले अमेरिकाका पूर्वविदेश मन्त्री माइक पोम्पियोसमेत २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सञ्चार माध्यमलाई जनाएअनुसार बिहिबार चीनले यस्तो निर्णय गरेको हो ।

प्रतिबन्ध लगाइएका व्यक्तिले राष्ट्रिय सम्प्रभूतामाथि उल्लंघन गरेको चीनको ठहर छ । पोम्पियोसहित अमेरिकाका पूर्वआर्थिक सल्लाहकार पीटर नवार्रो, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन, डेबिड आर स्टीलवेल, मैथ्यू पोन्टिगर, पूर्वस्वास्थ्य मन्त्री एलेक्स अजार, कीथ जे क्राच, केली क्राफ्ट, पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टन, ह्वाइट हासका रणनीतिककार स्टीफन के बैननलगायतका छन् ।

चीनमाथि लगाइएका आरोप र असहयोग पनि यीनै अधिकारीको योजनामा भएको चीनको बुझाई छ । चीन, मकाऊ र हङकङमा उनीहरुलाई प्रवेश निषेध गरिएको छ ।

साथै उनीहरुसँग सम्बन्धित कम्पनीले पनि चीनसँग व्यापार गर्न पाउने छैन् ।

अमेरिकामा सरकार परिवर्तन भएपनि चीनप्रतिको रवैया परिवर्तन नहुने संकेतहरु देखिएका छन् । बाइडेनले पनि चीनप्रति ट्रम्पकै नीतिलाई अगाडि बढाउने सम्भावना रहेको बताईन्छ । एजेन्सीबाट

सर्बाधिक पढिएको

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ?

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ? ४ हप्ता पहिले | संसार न्यूज़

माघ १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले रामकुमारी…

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ३ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…