काठमाडौं । पछिल्लो समय विभिन्न काण्डमा फसिरहने बलिउड अभिनेत्री कंगना रनौटको सामाजिक सञ्जाल ट्विटर अकाउन्टमा अस्थायी रोक लागेको छ ।
बुधवारबाट अस्थायी रोक लगाइएको ट्विटरमा ह्यासट्यागसहित ‘सस्पेन्ड कंगना रनावत’ ट्रेन्डिङमा छ । वेब सिरिज ताण्डवबारे दिएको प्रतिक्रियापछि उनको अकाउन्टलाई प्रतिबन्ध लगाइएको हो ।
ट्विटर लाई आस्थाइ प्रतिबन्ध लगाएकै कारण उनले ट्विटरका सिइओ ज्याक डोर्सेलाई ट्याग गर्दै लेखेकी छन्, ‘मानिसहरू अब उनीहरूका काका ज्याकसँग गुहार माग्न गएका छन्, त्यहाँ गएर रुन थालेका छन्, मेरो अकाउन्ट अस्थायी रूपमा प्रतिबन्धित गराएका छन्, मेरो अकाउन्ट भर्चुअल आइडेन्टीटी जुन कुनै बेला पनि शहीद हुन सक्छ, तर मेरो रीलोडेड देशभक्त भर्जन फिल्मको माध्यमबाट फेरि फर्किनेछ ।’