back

ह्वाइट हाउस छोड्नुभन्दा पहिले ट्रम्पले लेखे राष्ट्रपति बाइडेनका लागि यस्तो पत्र

वि.सं.२०७७ माघ ८ बिहीवार

114 

shares
NTC AD
Global IME AD

अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउसमा स्वागत गर्ने चलनलाई वेवास्ता गर्दै बुधबार बिहानै ह्वाइट हाउसबाट बाहिरीएका निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमै राष्ट्रपति जो बाइडेनका लागि पत्र लेखेर छोडेका छन् ।

बुधबार राष्ट्रपति भवन ह्वाइटहाउसमा बाइडेनको सपथ ग्रहण र स्वागतका लागि समेत नरोकिएका ट्रम्पले उनका लागि सुन्दर भावको पत्र लेखेर छोडेको बताइएको छ ।

बुधबार दिउँसो क्यापिटल हिलमा राष्ट्रपतिको सपथ ग्रहण गरे लगत्तै ह्वाइट हाउस पुगेका राष्ट्रपति जो बाइडेनले उक्त पत्र फेला पारेका हुन् ।
राष्ट्रपतिको सपथ ग्रहण गरेको केही घण्टामै १५ कार्यकारी आदेशमा हस्ताक्षर गरेका राष्ट्रपति बाइडेनले ट्रम्पको सम्मान गर्दै उक्त पत्रमा लेखिएको कुरा तत्काल सार्वजनिक नगर्ने बताएका थिए ।

‘ राष्ट्रपतिले अत्यन्तै सुन्दर अनि उदार भावको पत्र लेख्नु भएको छ,’ राष्ट्रपति बाइडेनले पत्रकारहरुसँग भने,‘ तर यो निजी कुरा हो । यसको बारेमा म उनीसँग कुरा गरेर मात्र सार्वजनिक गर्नेछु ।’

ट्रम्पका एक वरिष्ठ सहयोगीले उक्त चिठ्ठीका बारेमा बताउँदै पत्रमा देशको सफलता र देशको रक्षाको लागि नयाँ प्रशासनको लागि कामना गरिएको सिएनएनले जनाएको छ ।

निर्वतमान राष्ट्रपतिका लागि यो आधुनिक परंपरा रहेको र उनीहरुले आफ्नो उत्तराधिकारीका लागि चिठ्ठी लेखेर छोड्ने चलन रहेको छ । तर, ट्रम्पले आफ्ना धेरै सहयोगीलाई बाइडेनलाई छोडेको चिठ्ठी नदेखाएको बताइएको छ ।

वि.सं.२०७७ माघ ८ बिहीवार १३:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...