Sansar News- Online for Global Nepali

कोरोना महामारीमा पनि मुगुको मालपोतले ६ महिनामै उठायो दोब्बर राजस्व

मुगु संसार न्यूज संवाददाता
१ महिना पहिले
कोरोना महामारीमा पनि मुगुको मालपोतले ६ महिनामै उठायो दोब्बर राजस्व

८ माघ, मुगु । कर्णाली प्रदेश अन्र्तगत मुगु जिल्लाको मालपोत कार्यालयले ६ महिनाको अबधिमा ५१ लाख ३३ हजार राजश्व उठाउन सफल भएको छ ।
कोरोना महामारीले बिश्वजगतमा धरासायी बन्दै गएको अर्थतन्त्र मुगु मालपोत कार्यालय भने राजश्व संकलनमा सकारात्मक कार्यतर्फ उन्मुख भएको पाइएको छ ।

अघिल्लो बर्षभरिमा जम्मा ५० लाख मात्र राजश्व उठाएको मुगुको मालपोत कार्यालयले यो चालु आर्थिक बर्षको ६ महिना भित्रै ५१ लाख राजश्व संकलन गर्न सफल भएको छ । गत साउन देखि पुस महिना भित्र उठेको कुल राजश्व ५१ लाख ३३ हजार मध्ये ३२ लाख ८३ हजार ९ सय ४५ कर्णाली प्रदेश सरकार र १८ लाख १९ हजार ३ सय ५९ संघीय सरकार तर्फ बाँडफाँट गरिने मालपोत अधिकृत जगतबहादुर रोकायाले बताए ।

यो चालु आर्थिक बर्षमा करिव ७० लाख राजश्व संकलन गर्ने लक्ष्य रहेको जिल्ला मालपोत अधिकृत रोकायाको भनाई छ ।
गत बर्ष कोरोना महामारीका कारण ओरालोतर्फ लागेको मालपोत कार्यालयको राजश्व यो चालु आर्थिक बर्षको ६ महिनाभित्रै उकालो लागेको अधिकृतको भनाई छ । जग्गा रजिष्टेसन, जग्गा, रोक्का, नामसारी, नक्कल, फारम र पूर्जा बिक्री लगायत शिर्षकमा मुगु जिल्ला मातपोत कार्यालयले सेवाग्राहीबाट राजश्व उठाउने गरेको अधिकृत रोकायाले बताए ।

गत असोज महिनामा मात्र १५ लाख ६५ हजार ९ सय ६७ राजश्व संकलन भएको र पुस महिनामा १३ लाख ८९ हजार ३ सय ८२ उठेको जिल्ला मालपोत कार्यालयले जनाएको छ । अधिकृत रोकायाको अनुसार यो चालु आर्थिक बर्षको भदौमा भने ६३ हजार ८ सय ६५ रुपैयाँ न्यून राजश्व उठेको पाइएको छ । बर्षभरि संकलन भएको राजश्व मध्ये ६० प्रतिशत स्थानीयतह र ४० प्रतिशत प्रदेश र संघीय सरकारलाई पठाउने नियम छ ।
मुगु जिल्ला मालपोत कार्यालयको दैनिक कामकाज छिटो र चुस्तदुरुस्त देखिएको छ । सेवाग्राही पनि मातपोत कार्यालय प्रति सकरात्मक छन् ।

भू–सुचना प्रबिधि मार्फत कामकाज गर्दै आएको अबस्था आउदो आर्थिक बर्षबाट अनलाइन प्रबिधिमार्फत काम संचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको अधिकृत रोकायाले जानकारी गराए । स्थानीयतहमा मालपोत शाखा स्थापना नहुँदा चारवटै स्थानीयतहका सेवाग्राही जग्गा सम्बन्धी कारोबार गर्न जिल्लामै पुग्ने गरेका छ ।

तस्बिरमा- मालपोत कार्यालय कक्षमा बसेर सेवाग्राहीको काम गर्दै अधिकृत जगतबहादुर रोकाया 

सर्बाधिक पढिएको

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ?

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ? ३ हप्ता पहिले | संसार न्यूज़

माघ १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले रामकुमारी…

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ३ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…