९ माघ, काठमडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले पर्थ स्कोर्चस विरुद्धको खेलमा टस हारेर पहिले बलिङ्ग गर्ने भएको छ ।
हेबार्ट हुरिकेन्स अकं तालिकामा ११ खेलबाट २३ अकं जोड्दै छैठौँ स्थानमा रहेको छ भने पर्थ स्कोर्चस ११ खेलबाट २४ अकं जोड्दैँ दोस्रो स्थानमा रहेको छ । यदी आजको खेलमा होबार्ट हुरिकेन्स विजयी भएमा अकं तालिकाको दोस्रो स्थानमा उक्लने छ ।
होबार्ट हुरिकेन्सका लागि कप्तान म्याथ्युु वेड टिममा र्फकेका छन । त्यसैगरी पर्थ विरुद्धको खेलमा पनि नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले मौका पाएका छन ।
होबार्ट र पर्थ बिचको खेल नेपाली समय अनुसार १०:५० बजे बाट सुरु हुनेछ ।
होबार्टको प्लेइङ्ग-११
डार्सी शर्ट, म्याथ्यु वेड, बने म्याकडर्मोट, डविड मलान, नेथन एलिस, पिटर ह्यान्डसकोम्ब, टिम डेविड, स्कट बोल्यान्ड, रिले मेरिडिथ, सन्दिप लामिछाने, विल ज्याक्र्स
पर्थको प्लेइङ्ग इलेवन-११
जेसोन रोय, लियाम लिभिंगस्टोन, कोलिन मुन्रो, जोश इंगलिस, मिशेल मार्श, एस्टन टर्नर, एरण हार्डी, जेइ रिचर्डसन, एन्ड्र्यू टाय, जेसन बेहरेन्डोर्फ, फवाद अहमद