९ माघ, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको माघ ८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :