९ माघ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई) तर्फ टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझप्रस्थान गरेका छन ।
पारस खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनेछन । यस्तै मल्लले आबुधाबी टिमबाट तथा केसीले पुने डेभिल्सकाे टिमबाट प्रतियोगिता खेल्ने छन । टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई गईसकेका । उनीले टिम अरेबियन्स टि-१० लिग खेल्ने छन ।
टी–१० लिगका कारण पारख बाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाएका थिएनन् । खड्काले भने प्रधानमन्त्री कपमा एक खेल खेलेका थिए । टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।